Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

ओलबाट भंगहामा रु पाँच करोड भित्रिने


कलाकारका लागि छ हजार ७५० किलो चामल सहयोग

रासस
महोत्तरी, जेठ २० ।

महोत्तरी जिल्ला, भंगहा नगरपालिकाका किसान अहिले ओल खेतीमा व्यस्त भएका छन् । थोरै लगानी र कम मेहनेतमै मनग्य आम्दानी हुने भएको देखेर स्थानीयवासी किसान अहिले बन्दाबन्दीको मौका छोपी ओल खेतीमा लागेका हुन् ।

भौगोलिक दृष्टिकोणले विकट तथा सिंचाइको सुविधा नभएकाले अन्न बाली उत्पादन कम हुने भएकाले त्यस क्षेत्रका किसान बढी तरकारी बाली लगाउने गर्छन् ।

धान, गहुँ जस्ता बालीभन्दा पाँच गुणासम्म बढी आम्दानी हुने गरेकाले त्यस क्षेत्रका किसान ओल खेतीप्रति आकर्षित भएको स्थानीय किसान सत्यनारायण यादवले बताए।

उनका अनुसार भंगहा क्षेत्रमा मात्रै प्रत्येक वर्ष ५० बिघा क्षेत्रफलमा ओल खेती हुन्छ । यहाँका किसानले एक कट्ठामा मात्रै ओल खेती गर्दा १० देखि १२ क्विन्टलसम्म उत्पादन हात लिन्छन् । प्रतिकिसान रु दुईतीन लाखसम्म आम्दानी हुने उनीहरु बताए ।

माटोमुनि फल्ने स्वास्थ्यको दृष्टिकोणले अति नै लाभदायक र खाँदा निकै मीठोे ओल सबैले मन पराउने तथा खाने गरेकाले यसबाट किसानले निकै आम्दानी गर्ने स्थानीयवासी किसान रामसागर यादवले बताए ।


यसबाट अचार, तरकारी जस्ता परिकार तयार गर्न सकिन्छ । शीतभण्डारको सुविधा भएमा वर्षभरि नै टिकाउन सकिने भएकाले ओल अति नै लोकप्रिय छ ।

प्रतिकट्ठा रु छ हजारदेखि आठ हजारको लगानीबाट औसत रु दुईतीन लाखसम्म आम्दानी हुने गरेकाले यहाँका किसानहरु ओल खेतीमा रमाएका छन् ।

उन्नत जातको एउटै बोटमा आठदेखि १० किलोसम्मको एउटै ओल फल्ने गर्छ । बजारमा न्यूनतम रु ४० देखि ८० र कतैकतै रु १०० तथा रु १२० सम्ममा बिक्री हुने गरेको स्थानीयवासी किसान विजय महतोले बताए ।

नगरभरि नै ओल खेती हुने गरेकाले भंगहाका किसानले आफ्ना उत्पादन एकत्रित गरेर स्थानीय जलेश्वर, जनकपुर, बर्दिबाससहित नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तथा विकट पहाडी रुकुम, रोल्पासम्म समेत पु¥याउने गरेको किसान रामवृक्ष यादवले जानकारी दिए ।

प्रत्येक वर्ष चैतवैशाखमा ओल रोपेर भंगहाका किसानले असारसाउन महिनाभरि खनी स्थानीयदेखि टाढाका बजारसम्म पठाएर ओलखेतीबाट मात्रै सो नगरपालिकामा वार्षिक करीब रु पाँच करोड भित्र्याउने गरेको किसान वृजमोहन यादवले बताए ।

विषादी छर्किनु नपर्ने, सिंचाइ भए नभए पनि खासै फरक नपर्ने तथा तीन महिनामै हुने उत्पादनबाट लाखौँ आम्दानी हुन्छ । किसानले कृषि कार्यालय, बीउबिजन केन्द्र र अन्य बीउ उत्पादनकर्तालाई पनि यसको बीउ बेच्ने गरेका छन् ।

Tags: पाँच करोड भित्रिने

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

12 months ago
दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

12 months ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

1 year ago
मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

1 year ago
जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

1 year ago
जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.