रासस
काठमाण्डौं, जेठ १९ ।
संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले आफ्नी आमाको मृत्युपछि गरिने संस्कार (काजक्रिया)को खर्च कटाएर अक्षयकोष स्थापना गर्नुभएको छ ।
अध्यक्ष गुरुङले गत वैशाख ७ गते मृत्यु हुनुभएकी ७७ वर्षीया आमा चिसकुमारी गुरुङको काजक्रियामा लाग्ने खर्च कटाएर आइतबार रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको हो ।
उनले विश्वव्यापीरूपमा फैलँदै गएको महामारीलाई ध्यानमा राखेर गुरुङ परम्परानुसार अन्त्येष्टिपछि गरिने अर्घौँको रकम कटाएर संस्कार समाजका नाममा रु पाँच लाखको अक्षयकोष स्थापना गरेको जानकारी दिए ।
“रु पाँच लाखको अक्षयकोषबाट आउने ब्याजबाट बर्से्नि समाजमा महत्वपूर्ण योगदान दिने प्रेरणादायी व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गर्नेछौँ”, उनले भन्छन्।
अध्यक्ष गुरुङले बुबाआमाको समाज सेवाप्रतिको भावनाको कदर गर्दै उक्त अक्षयकोष स्थापना गरेको बताए । उनले विगत तीन वर्षदेखि ‘असल संस्कार सिकौँ सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नाराका साथ संस्कार समाज नेपालको स्थापना गरेर सामाजिक कार्य गर्दै आउनुभएको छ
यो विषयमा टिप्पणी गर्नुहोस् !