द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ १७ ।
प्रदेश दुईमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएको नयाँ संक्रमितहरु मध्ये सबैभन्दा बढी २८ जनामा कोरोना संक्रमणको पुष्टी रौतहट भएको छ ।
धनुषामा २१, सर्लाहीमा १० जना, रौतहटमा २८ जना र पर्सा जिल्लामा ५ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टी भएको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए । यो संगै प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ६ सय १३ पुगेको छ ।
त्यस्तै अहिलेसम्म धनुषामा कुल ७०, सप्तरीमा ४३, सिरहामा २५, सर्लाहीमा ७२, महोत्तरीमा २७, रौतहटमा २ सय १६ , बारामा ५८ र पर्सामा १ सय ३ जना गरी कुल ६ सय १३ जना संक्रमित रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता विजय झाले बताए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !