Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

भारतीय मजदुर भन्छन : आफ्नै सरकारको प्रहरीले लखेटे नेपालीले माया गरे


जटहीनाकामा मृत्यु भएका पुरुषको रिपोर्ट नेगेटिभ


द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ १६ ।


नेपाल सरकारले नेपाली नागरिकलाई नेपाल फर्काउन र भारतीय नागरिकलाई भारत पठाउने निर्णय गरेपछि नाका भएर हजारौँ व्यक्ति आ–आफ्नो देश फर्कि रहेका थिए ।

गत जेठ ४ गतेबाट नाकाहरु खुल्ला गरिएपछि हजारैँ नेपाली आफ्नो घर पनि फर्केका छन् । तर एकाएक बिहिबार धनुषामा खुल्ला गरिएको जटही तथा खजुरी दूबै नाका बन्द गरिएपछि हजारौँ व्यक्ति बिचल्लीमा परेका छन् ।


धनुषाको जटही नाकामा त सयौँको संख्यामा भारतीय मजदुरहरु बिचल्लीमा परेका छन् । जटही नाकामै गत बुधवार धनुषाका एक युवकको ज्यान गएपछि बिहीवार जिल्ला प्रसाशन कार्यालय धनुषाले धनुषाको जटही र खजूरी नाका बन्द गरिएको सूचना समेत जारी गरेको थियो ।


यद्यपि आफ्नो देश फर्कनका लागि राजधानी काठमाडौँबाट फर्केका सयौँ भारतीय मजदुुर सीमा नाकामा अलपत्र परेका छन् । सीमामा खटेका नेपाली सुरक्षाकर्मीले नाका कट्न दिएपनि भारतीय एसएसबी जवानहरुले उनीहरुलाई लखेट्दै फेरी नेपाली भूमीमै फर्काएका थिए ।


आफ्नो देश फर्कन नपाउँदा सयौँको संख्यामा जटही नाकामा आफ्नो परिवार तथा बालबालिका सहित पुगेका भारतीयहरु मर्कामा परेका छन् । ती सबै देवीघाटमा रहेको एसी ईटा भठाका कामदारहरु रहेका छन् ।

जटहि नाकामा पीडा खेपीरहेका भारतीय नागरिक भारत सरकारसँग क्रुद्ध भएका छन । आफूहरु भारतीय नागरिक भएपनि भारत सरकार भन्दा बढी नेपाल सरकारले ध्यान दिएको उनीहरू बताउछन् ।

राती सीमा नाका कट्न खोज्दा भारतीय सीमा सुरक्षा बलले गाली गलौज गर्नुका साथै हातपात समेत गरेको भारत बिहारको दरभंगा जिल्लाका राहुल कुमारले दुखेसो पोखे ।

उनले भने‘ हामीले घर जान दिनलाई आग्रह गर्यौँ तर मध्य रातीमा भारती सीमा सुरक्षा बलका जवानहरुले आफूहरुलाई लेखेट्दै फेरी नेपाली भूमिमै पुर्याई दियो । उनीहरु सबै विभिन्न गाडी प्रयोग गर्दै जान सरल हुन्छ भन्दै जटही नाकासम्म आई पुगेका छन् । यद्यपि धनुषाको सबै नाका अहिले बन्द गरिएको छ ।

बिहीवार राति नै नाकामा आईपुगेका मजदूरहरु आफ्नो देश जान खोजेका छन्, तर कसरी जाने यसको समाधान न नेपालको सरकारले गर्न सकेको छ न भारती सरकारले चासो देखाएको छ ।

दुई सन्तान सहित जटही नाकामा पुगेका दरभंगाकै मलभोगीया देवी भारतीय एसएसबी जवानको रबैयाप्रति एकदमै क्रुद्ध छिन् ।

उनले भनिन् ‘मेरै सरकारको प्रहरीले लखेट्दै फेरी नेपाली भूमिमै फर्काई दियो, घर पुग्ने चाहना पूरा होला नहोला थाहा छैन ।’ अगाडी भनिन् ‘काम गर्नलाई नेपाल आएका थियौँ, मुख जोर्ने कुनै उपाय नभएपछि घर फर्कन लागेका छौँ ।’

सोही स्थानकी अर्का महिला राजकुमारी देवी पनि काखमै दुई वर्षको छोरो लिएर पुगेकी छन् । उनलाई आफूभन्दा पनि आफ्नो सन्तानको पीडाले धेरै पिरोलेको छ । उनले भनिन् ‘भारतीय प्रहरीले त लखेट्यो तर यहाँ नेपालीहरुले माया गरेका छन्, उनीहरुले नै दिएको चाउचाउ च्युरा बिस्कुट तथा खाना खाई रहेका छौँ ।’


महोत्तरीको भीठामोड नाका पनि भारतीय पक्षद्वारा बन्द


जिल्ला प्रशाशन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले धनुषाको जटही तथा खजुरी नाका बिहिबार नै बन्द गरिएको छ भन्दै भने ‘धनुषा आउन अब महोतरीको भिट्ठामोड र सिरहाको माडर नाका प्रयोग गर्न पाउने छन् ।’

नेपालबाट भारत जानेहरुका लागि पनि धनुषाको बोर्डर भन्दा महोत्तरी र सिरहा बोर्डर प्रयोग गर्न सकिन्छ भन्दै पोखरेलले भने ‘भारतीय पक्षले जान दिने वा न दिने त्यो म भन्न सक्दिँन तर भारतबाट नेपाल धनुषा आउनेको हकमा भिट्ठामोड र माडर नाका नै प्रयोग गर्न सकिन्छ ।’

यता महोत्तरीको भिठामोड नाका नेपाली पक्षबाट खुल्ला गरिएपनि भारतीय पक्षले भने सो नाका पनि बन्द गरेका छन् । त्यहाँ पनि हजारौँ व्यक्ति अलपत्र परेका छन् । भिठामोड नाका नेपाल तर्फबाट खुल्ला गरिए पनि भारतीय पक्षद्वारा बन्द गरिए नगरिएको विषयमा आफूलाई जानकारी नरहेको प्रदेश दुईका डिआइजी धिरज प्रताप सिंहले बताए ।

Tags: भारतीय मजदुर

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

12 months ago
दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

12 months ago
जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

1 year ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

1 year ago
गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

1 year ago
मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.