रासस
भारत, जेठ १५ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकालाई कोभिडका विरुद्धमा लड्न आवश्यक सहयोग गर्ने बताए । उनले आज श्रीलंकाली प्रधानमन्त्री महिन्दा राजपाक्छेलाई फोन गरी सो विषयमा जानकारी गराए ।
उनले प्रधानमन्त्री राजापाक्छेलाई बिहीबार बिहान फोन गरेर श्रीलंकामा कोभिड १९ का विरुद्धको अभियानमा आवश्यक सहयोग गर्ने जानकारी दिए। साथै त्यस क्रममा दुई देशका प्रधानमन्त्रीबीच भारत र श्रीलंकमा कोभिड १९ ले पारेको प्रभावका बारेमा पनि कुराकानी भएको थियो ।
कोभिड १९ का कारण भारत र श्रीलंकमा परेको प्रभावका साथै आगामी दिनमा यी दुई देशबीचको आर्थिक तथा सामाजिक क्षेत्रमा के कस्तो प्रभाव या असर पर्ला भन्ने बारेमा पनि कुराकानी भएको भारतीय प्रधानमन्त्रीको कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिमा जानकारी दिइएको छ ।
त्यस कुराकानीको अवसरमा प्रधानमन्त्री मोदीले श्रीलंकाका प्रधानमन्त्री राजपाक्छे त्यहाँको संसदमा प्रवेश गरेको ५० वर्ष पुगेको अवसरमा उनलाई बधाई ज्ञापन पनि गर्नुभएको समाचारमा जनाइएको छ ।
श्रीलंकामा उनको लामो प्रजातान्त्रिक अनुभवले देशमा प्रजातन्त्र र संसदीय व्यवस्थाको विकासका लागि सहयोग पुग्ने भन्दै त्यसका लागि प्रधानमन्त्री मोदीले शुभकामना पनि व्यक्त गर्नुभएको समाचारमा उल्लेख गरिएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !