द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ १४ ।
सप्तरीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सप्तरीमा संक्रमितको संख्या १७ पुगेको छ ।
सप्तरी जिल्लाको बोदे बरसाईन नगरपालिकाका ४७ वर्षीय पुरुष र विष्णुपुर गाउँपालिकाका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
क्वारेन्टाइनमा बसेका दुवैजनाको स्वाब परीक्षणको लागि धरान स्थित विपी कोइराला विज्ञान प्रतिषठानमा पठाइएको थियो ।
दुवै जना संक्रमित भारतबाट आएको प्रमुख यादवले जानकारी दिए । यस भन्दा पहिले मंगलबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश २ मा संक्रमितको संख्या ३ सय २६ पुगेको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !