द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम,जेठ १४ गते ।
कोरोना महामारीका बिच बजेट ल्याउनुपर्ने भएकोले प्रदेश दुइको बजेट अधिवेशन सुरु हुन लागेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २० गतेसम्मका लागि सत्र अन्त्य गरिएको र २१ गते दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए ।
बैठक हलमा सामाजिक दूरी कायम गरि तीन कुर्सीको बीचको कुर्सी खाली राखेर प्रदेशसभा सदस्यहरुलाई बस्नेगरी व्यवस्थापन समेत मिलाई सकिएको छ ।
असार १ गते निति तथा कार्यक्रम र त्यस लगत्तै बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभा बैठक बस्न लागेको हो ।
बजेट अधिवेशन सुरु हुनुभन्दा पहिले सभामुख, उपसभामुख सहति १ सय ७ जना प्रदेशसभा सदस्य र कर्मचारीहरुको जेठ १५ गते स्वाब परिक्षण गरिने र नतिजा आइसकेपछि २१ गते बैठक बस्ने निर्णय गरिएको मन्त्री यादवले जानकारी दिएका छन ।
यो विषयमा टिप्पणी गर्नुहोस् !