द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ १२ ।
आइतवार विहान प्रादेशिक अस्पताल जनकपुरधामबाट भागेका कोरोना संक्रमित करिब ३७ घण्टा पछि आज फेला परेका छन् । प्रादेशिक अस्पतालमा सञ्चालन रहेको कोभिड १९ विशेष अस्पतालबाट आइतवार विहान करिब ३ बजे आइशोलेसनको झयाल तोडेर भागेका थिए ।
झयाल तोडेर भागेको करिब ३७ घण्टा पनि सोमबार करिब ४ बजे संक्रमित आफ्नै गृह जिल्लामा फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । अब उनलाई पुन अस्पतालमा ल्याउने तयारी भएको छ ।
वैशाख ३० गते फेला परेका सर्लाहीका ४५ वर्षीय संक्रमितको मान्सिक अवस्था विग्रेको र पटक पटक भाग्ने गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !