
द सौर्यमिथिला समाचारदाता
जनकपुरधाम, जेठ १२ । सिरहाबाट लागुऔषध सहित एकजना पक्राउ परेका छन् । देशभर लकडाउन रहेको समय भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको लागुऔषध सहित सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नं. १७ का ४५ वर्षीय विजयलाल पासवानलाई नियन्त्रणमा लिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् । पासवानलाई सिरहा नगरपालिका वडा नं. १७ स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ ।
पासवानलाई भारतबाट नेपाल तर्फ आउँदै किराना सामान, राजनिवास सहित अबैध लागुऔषध डाइलेक्स टिएम डिसी १०० एमएलको ४४ बोतल, रिप्लीन १०० मिलिको ३६ बोतल, नाइट्रागेपम ट्याब्लेट १२० पिस र एसपास्मो प्रोक्सीभोन ४४ पिस सहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता घिमिरेले जानकारी दिए । पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !