द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम,जेठ १२ गते ।

जनकपुरधाममा आज बाट पिसिआर मेशिन सञ्चालनमा आएको छ । प्रादेशिक अस्पताल जनकपुरमा जडान गरिएको दुई वटा पिसिआर मेसिनले गलत रिपोर्ट दिएपछि प्रदेश सरकारले खरिद गरेको रियल टाईम पिसिआर मेसिनको जडानको काम पुरा भएपछि सोमबाद देखि सञ्चालनमा आएको छ ।
प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले जनकपुरधामको कदमचोकस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा निर्माण गरिएको ल्यावको निरिक्षण पश्चात पश्चात ल्याव संचालनमा आएको हो ।
सञ्चालनमा आएको उक्त पिसिआर मेशिनमा एक पटकमा ९६ जना सम्मको स्वाब परीक्षण गर्न सकिन्छ भने एक दिनमा तीन पटकसम्म जाँच हुने बताईएको छ ।
संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सहमति लिएर मर्मत सुधार सँगै आवश्यक पुर्वाधार निर्माण गरेर सामाजिक विकास मन्त्रालयले जनकपुरमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाईम पिसिआर प्रयोगशाला स्थापना गरी सञ्चालन ल्याएको हो ।
जनकपुरको मेशिन सञ्चालन आएसँगै प्राविधिक टोलि सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा पिसिआर मेसिन जडान गर्नको लागि गएका छन् ।
यस प्रदेश भित्र सञ्चालन हुने रियल टाईम पिसिआर ल्याव स्थापना र सञ्चालनका लागि आवश्यक सुझाव, प्राविधिक सहयोग र समन्वय तथा सहजिकरण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौका पूर्व निर्देशक डा.राजकुमार महतोलाई विज्ञ सल्लाहकारको रुपमा नियुक्त गरिएको हो ।
मन्त्री साहले प्रयोगशालालाई व्यवस्थापन र समन्वय गर्नपुर्व निर्देशक डा.महतोलाई सल्लाहकारको रुपमा नियुक्त गरिएको पत्र समेत हस्तान्तरण गरेका थिए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !