द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ १२ ।

कोरोना संक्रमित भागेको झण्डै ३० घण्टा भन्दा बढी भएपनि अहिले सम्म संक्रमित पक्राउ परेका छैनन् । संक्रमित अहिले सम्म फेला नपरेपछि संक्रमण बढने खतरा बढेको छ ।
आइतवार विहान करिब ३ बजेको समयमा सर्लाही जिल्लाका ४० वर्षीय कोरोना संक्रमित प्रादेशिक अस्पतालमा रहेको कोभिड १९ विशेष अस्पतालबाट झयाल तोडेर भागेका थिए तर भागेको ३० घण्टा भन्दा बढी भईसकेपनि अहिले सम्म पक्राउ परेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले भागेका संक्रमितको खोजी भइरहेको बताए । संक्रमितको मान्सिक अवस्था समेत विग्रेकोले अरु व्यक्तिमा समेत संक्रमण फैलाउने खतरा बढेको छ । संक्रमित यस भन्दा पहिला पनि भागेका थिए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !