
द सौर्य मिथिला समाचारदाता
जनकपकुरधाम, जेठ १० । प्रदेश २ को विभिन्न स्थानमा अहिले १ सय ६२ जना उपचाररत्त रहेका छन् । प्रदेश २ मा कुल १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ११ जना उपचार पश्चात आफ्नो घर फर्केका छन् भने २ जना सुरक्षाकर्मीको उपचार काठमाण्डौँमा भइरहेको र पाँचजना यस प्रदेशका स्थाई वासिन्दा भएपनि उनीहरु अहिले काठमाडौँमा रहेका छन् ।
उच्च जोखिमा रहेको प्रदेश २ मा अहिले सम्म १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा २१ जना नयाँ कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
प्रदेशमा अहिले १ सय ५३ जना उपचाररत्त रहेकोमा सबैभन्दा बढी पर्सा जिल्लाको वीरगंजमा रहेको नारायणी अस्पतालमा सबै भन्दा बढी संक्रमितको उपचार भइरहेको छ । यहाँ ६२ जना उपचाररत्त रहेकोमा ५३ जना पुरुष र ९ महिला रहेकी छिन् । त्यस्तै वीरगंजकै गण्डक अस्पतालको आइशोलेसनमा १९ पुरुष र ६ महिला गरी २५ जनाको उपचार भइरहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. घिमिरेले जानकारी दिए ।
त्यस्तै धनुषा स्थित प्रादेशिक अस्पतालमा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा २ महिला र २२ पुरुष गरी २४ जनाको उपचार भइरहेको छ । रौतहट जिल्लाको गौर नरसिङ इन्सटिच्युटको आइशोलेसनमा १ महिला र १७ पुरुष गरी १८ जनाको उपचार भइरहेको छ । त्यस्तै बाराको कलैया अस्पतालको आइशोलेशनमा १ महिला र ८ पुरुष गरी ९ जनाको उपचार भइरहेको छ भने सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा २ पुरुष र सिरहाको महेन्द्रगेनाई अस्पतालमा १ पुरुषको उपचार भइरहेको सचिव डा. घिमिरेले जानकारी दिए
प्रदेशमा २० जना सम्भावित संक्रमित
भारतसँग खुल्ला सिमा रहेको कारण उच्च जोखिममा रहेको प्रदेश २ मा २० जना कोरोनाको सम्भावित संक्रमित रहेको छन् । संभावित संक्रमितहरुको प्रदेशको विभिन्न अस्पताल तथा आइशोलेसनमा भइरहेको सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ५ जना, सिरहा जिल्लाको महेन्द्र गेनाई अस्पतालमा २ जना, बाराको कलैया अस्पतालमा २ जना, बाराकै जितपुर उपमहानगरपालिकामा सञ्चालित रहेको कोभिड १९ अस्थाई अस्पतालमा ५ जना, प्रादेशिक अस्पतालमा ५ जना र पर्सा जिल्लाको पोखरीया अस्पतालमा १ जनाको उपचार भइरहेको छ ।
प्रदेश भरिमा एउटा प्रयोगशाला
कोरोनाको उच्च जोखिममा रहेको प्रदेश २ मा अहिले एउटा प्रयोगशाला सञ्चालनमा रहेको छ । अहिले यस प्रदेशमा पर्साको विरगंज स्थित नारायणी अस्पतालमा मात्र एउटा पिसिआर मेसिन सञ्चालनमा रहेको छ । जनकपुरधामको प्रादेशिक अस्पतालमा दुई पटक पिसिआर मेसिन जडान गरेतापनि गलत रिपोर्ट दिएपछि यहाँ जाँचको काम बन्द रहेको छ ।
यता प्रदेश सरकारले जनकपुरधामको प्रादेशिक अस्पताल र सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको लागि दुई वटा रियल टाइम पिसिआर मेसिन ल्याएपनि अहिले जडानको काम जारी रहेको छ र दुई÷तीन दिन पछि सञ्चालनमा आउने प्रदेश सरकारले जनाएको छ ।
प्रदेश २ मा अहिले सम्ममा कोरोना परीक्षणको लागि ७ हजार ९ सय ४५ जनाको स्वाब संकलन गरीएको छ । जसमा ५ हजार ५ सय ४० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ७१ जनाको रिपोर्ट पोजेटिभ र बाँकीको रिपोर्ट आउन बाँकी रहेको छ । त्यस्तै आरडिटि तर्फ ५ हजार ९ सय १ जनाको टेस्ट गरिएकोमा १२ को रिपोर्ट पोजेटिभ र ५ हजार ८ सय ८९ को रिपोर्ट नेगेटिभ आएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !