Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

विदेशिएका काभ्रेली ११ हजार ५८७, थप क्वारेन्टिनको तयारी


विदेशिएका काभ्रेली ११ हजार ५८७, थप क्वारेन्टिनको तयारी

रासस
काभ्रेपलाञ्चोक, जेठ १० ।

भारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेपलाञ्चोकका नागरिक रहेको तथ्याङ्क प्राप्त भएको छ । सरकारले विदेशबाट नेपाली नागरिक स्वदेश फर्काउने तयारीसँगै जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रले विदेशिएकाहरू घर फर्किए अनिवार्य क्वारेन्टिनमा राख्नपुर्ने जनाउँदै क्वारेन्टिनको थप्ने योजनामा जुटेको छ ।

काभ्रेपलाञ्चोकका १३ स्थानीय तह तथा संस्थामा ३४२ श्ययाको क्वारेन्टिन व्यवस्थित छन् । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि व्यवस्थित गरिएका अधिकांश क्वारेन्टिन हाल रित्तिएका छन् ।

पाँचखाल नगरस्थित क्वारेन्टिनमा चार, धुलिखेल अस्पतालमा ११ र चौँरीदेउराली गाउँपालिकामा १७ जनाको हाल उपचार भइरहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

अन्य केही क्वारेन्टिनमा बसेकाको दोस्रो परीक्षण तथा क्वारेन्टिन बसाइको समयावधि सकिएपछि घर फर्किएका हुन् ।

जिल्लास्तरीय क्वारेन्टिन व्यवस्थित गर्ने तथा भइरहेको क्वारेन्टिन थप व्यवस्थित गर्दै श्यया थप्ने तयारीमा जुटेको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए।

उनले भन्छन्, “काभ्रेपलाञ्चोकका विदेशिएका नागरिक फर्किए क्वारेन्टिनमा राख्नपुर्ने भएकाले हामीहरू पूर्वतयारीमा जुटेका हौँ ।” स्थानीय तहमार्फत दोस्रोपटक लिइएको तथ्याङ्कमा भारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेपलाञ्चोकका नागरिक रहेको तथ्याङ्क प्राप्त भएको हो । जसमध्ये एक हजार १२५ भारतमा छन् ।

गत माघ महिनायता ४५१ विदेशिएका काभ्रेली घर फर्किएको पोष्टले जनाएको छ । जसमध्ये चैत महिनामा मात्रै २५१ घर फर्किएका हुन् । त्यतिबेला २७ देशबाट घर फर्किएका थिए भने भारतपछि दुवईबाट फर्कनेको सङ्ख्या अधिक थियो ।

यसअघि विदेशबाट घर फर्किएका सबैको कोरोना भाइरस सङ्क्रमण भए-नभएको स्वास्थ्य परीक्षण भइसकेको पोष्टका सदस्य एवं जिल्ला स्वास्थ्य प्रमुख डा नरेन्द्र झाले बताए ।

उनका अनुसार विदेशबाट घर फर्किएका केहीबाहेक सबैको स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टिनमै बसाइएको हो । यससँगै जिल्लामा एक हजार ५१८ को आरडिटी तथा १७२ जनाको पिसीआर प्रविधिबाट परीक्षण भएको छ ।

हाल विदेशमा रहेका नागरिकमा पाँचखाल नगरका एक हजार ३२५, नामोबुद्धका एक हजार २१२, मण्डन देउपुरका एक हजार ३६९, धुलिखेलका ९९४, बनेपाका ७३१, पनौतीका ५६४ तथा चौँरीदेउराली गाउँपालिकाका एक हजार ८१, रोशीका ४९३, तेमालका ४१७, भुम्लुका ६३७, महाभारतका ५९७, खोनीखोलाका २१२ र बेथानचोक गाउँपालिकाका ८३० नागरिक छन् ।

केन्द्रले स्थानीय तहका प्रमुख, प्रतिनिधि एवं सरोकारवालालाई भेला गराएर सङ्क्रमित जिल्लाबाट आ–आफ्नो तहमा फर्कनेको पिसीआर परीक्षण गरेर मात्रै सम्बन्धित तहले बुझेर लैजाने सहमति गराएको छ ।

साथै जिल्ला सदरमुकाम धुलिखेल र प्रमुख शहर मानिएको बनेपामा तीन÷तीन सय श्ययाको क्वारेन्टिन व्यवस्थित गरिने तथा अन्य तहमा श्यया बढाइ १०० का दरले क्वारेन्टिन व्यवस्थित गरिने सहमति भएको हो ।

धुलिखेल र बनेपामा निर्माण गरिने जिल्लास्तरीय क्वारेन्टिनका लागि भने प्रत्येक नगरपालिकाले रु पाँच लाख र गाउँपालिकाले रु तीन लाख दिनुपर्ने सहमति भएको धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूले बताउनुभयो ।

उनका अनुसार जिल्लास्तरीय क्वारेन्टिनमा रहेकाहरूको कुरुवाका लागि छुट्टै २५ श्ययाको क्वारेन्टिन व्यवस्थित गरिनेछ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।

यस्तै आठ श्ययाको धुलिखेल अस्पतालमा ५० श्ययाको आइसोलेसन कक्ष बनाइने तथा सोही अस्पतालमा हप्ताको दुई दिन मात्रै स्वाब सङ्कलन परीक्षण गर्दै आइएकोमा दैनिकरूपमा गर्ने तयारी भइरहेको जनाइएको छ ।

Tags: थप क्वारेन्टिनको तयारी

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

12 months ago
दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

12 months ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

1 year ago
मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

1 year ago
जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

1 year ago
जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.