एजेन्सी मेक्सिको सिटी, जेठ १० ।
उत्तर अमेरिकी मुलुक मेक्सिकोमा शुक्रबार कोरोना भाइरसबाट हुने दैनिक मृत्युमा नयाँ रेकर्ड कायम भएको छ।
शुक्रबार ४ सय ७९ जनाको मृत्यु हुनुकासाथै २ हजार ९ सय ६० नयाँ संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसँगै मेक्सिकोमा कोरोना संक्रमित संख्या ६२ हजार ५ सय २७ पुगेको छ भने यसबाट ज्यान गुमाउनेको संख्या ६ हजार ९ सय ८९ पुगेको छ।
मेक्सिकोमा फरवरीको अन्तिममा पहिलो पटक कोरोनाको संक्रमण पुष्टि भएको थियो।यसअघि मेक्सीकोमा कोरोनाबाट सबैभन्दा धेरै मानिस मे २० मा मरेका थिए। त्यतिबेला त्यहाँ ४ सय २४ जनाले कोरोनाबाट ज्यान गुमाएका थिए।
यो विषयमा टिप्पणी गर्नुहोस् !