रासस
भारत, जेठ ९ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार पश्चिम बंगालको भ्रमणमा निस्किनुभएको छ । उनले शुक्रबार बिहान कोलकाता विमानस्थल पुग्नुभएको बताइएको छ ।
भारतको पश्चिम बंगालमा अम्फान आँधीले पु¥याएको क्षतिको अनुगमनका लागि उनले त्यहाँ पुग्नुभएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका बताइएको छ ।
बुधबार र बिहीबार आएको अम्फान आँधीका कारण पश्चिम बंगालमा मात्र ७२ जनाको मृत्यु भएको समाचार यसअघि नै आइसकेको जनाइएको छ ।
प्रधानमन्त्री मोदीलाई शुक्रबार बिहान कोलकत्ता विमानस्थलमा पश्चिम बंगाल राज्यका गभर्नर जगदीप धनखर र पश्चिम बंगाल राज्यका मुख्यमन्त्री ममता बेनर्जीले स्वागत गर्नुभएको थियो ।
हिजोको आँधीको कारण कोलकत्ता विमानस्थल जलमग्न भएको बताइएको छ । आँधीले यस राज्यमा मात्र पाँच हजार भन्दा बढी घर भत्काएको बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर बंगालमा आँधीबाट जीवन गुमाउनेहरुप्रति श्रदाञ्जलि अर्पण गर्नुभएको थियो । उनले यहाँका शोकाकुल परिवारमा समवेदना पनि व्यक्त गर्नुभएको थियो ।
त्यस आँधीको क्षतिको बारेमा जानकारी लिन र शोकमा परेका परिवारलाई सान्त्वता दिन उनले आज पश्चिम बंगाल पुग्नुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रधानमन्त्री मोदी आज पश्चिम बंगालका कोलकाता, उडिसालगायतका केही स्थानको भ्रमण गरी त्यहाँको अवस्थाको बारेमा जानकारी लिनुहुने भएको बताइएको छ । साथै यस भ्रमणपछि उनले त्यहाँका अधिकारीहरुलाई विशेष दिर्नेशन दिने कार्यक्रम रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
बंगालको खाडीबाट आएको अम्फान नामको आँधी कोलकत्ता आइपुग्दा बुधबार १ सय ९० किलोमिटर प्रतिघण्टाको वेगमा रहेको भारतीय मौसम विभागले जनाएको छ । यस आँधीका कारण आसाम, मेघालयमा समेत असर गरेको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !