द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ ९ ।
रौतहटका निलम्बित सांसद मोहम्मद अफताब आलमको घरमा छापामारी गर्नका लागि पुगेको प्रहरीले हवाई फायर गरेको छ । हत्या तथा विस्फोटक पदार्थ ओसारपसार मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका निलम्बित सांसद आलमको घरमा प्रहरी गएराती छापपामारी गर्र्नकान लागि पुगेको थियो । आलम अहिले नख्खु कारागारमा रहेका छन् ।
निलम्बित सांसद आलमका भाइ महमद महताब आलम ईद पर्वको अवसरमा घर आएको सूचनाको आधारमा उनको घरमा छापामारी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
छापामारीको क्रममा गाउँलेहरुको भीड अवरोध गरेपछि भीड हटाउनका लागि १२ राउण्ड हवाई फायर गरिएको बताइएको छ । यद्यपि छापामारीको क्रममा प्रहरीले महताबलाई फेला पार्न सकेन ।
प्रहरी निलम्बित सांसद आलमको भाई महताब आलम सहित ३ जना फरार अभियुक्तलाई खोजी गरिरहेको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !