रासस
काठमाडौं, जेठ ९ ।

शुक्रबार बिहान थप ३० जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। तीमध्ये १५ जना सर्लाहीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बाँकी संक्रमितहरूमध्ये कपिलवस्तुका ९, नवलपरासी सुस्ताका ३, चितवनका २ र नवलपरासी सुस्तापूर्वका एकजना छन्। उनीहरू सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भरतपुर अस्पतालमा परीक्षण गरिएको हो।
योसँगै देशभर कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ। नेपालमा कोरोना संक्रमणबाट अहिेलेसम्म तीन जनाको मृत्यु भएको छ ।
आजै बाँकेका पहिलो कोरोना संक्र्मितसहित २९ जना निको भएका छन्।
सेतोपाटी
यो विषयमा टिप्पणी गर्नुहोस् !