
द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ ८ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगको क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ४ सय ५३ पुगेको हो भने तीनजनाको मृत्यु भएको हो ।
आज रुपन्देहीमा एकजना र झापामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अहिले ३८ वटा जिल्लामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । प्रदेश १ मा ८४ जना, प्रदेश २ मा १ सय ३६ जना, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा ४ जना, प्रदेश ५ मा १ सय ९७ जना, कर्णाली प्रदेशमा १ जना र सुदुर पश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो विषयमा टिप्पणी गर्नुहोस् !