द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ ८ ।
लुम्बिनी विकास बैंकले गरुडा नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । विश्वभर फैलिसकेको कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्य सामाग्री गरुडा नगरपालिकालाई प्रदान गरिएको हो ।

रौतहट जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढी रहेको समय कोरोनाबाट संक्रमित तथा संक्रमणबाट बचाउने उद्देश्यले लुम्बिनी विकास बैंक लिमिटेड गरुडा शाखाका प्रबन्धक प्रविन मण्डलले नगरपालिकालाई सो सामाग्री हस्सतान्तरण गरेका हुुन् ।
बैंकले १५०० थान सर्जिकल मास्क, १ हजार जोडी ग्लोब्स, ७ हजार मिलि लिटर सेनिटाइजर, १ सय १० लिटर डिसइन्फेक्टेड लिक्विड, २० थान एन ९५ मास्क र एक थान पीपीई उपलब्ध गराएको हो ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्नका लागि स्थानीय स्तरमा कोरोना संक्रमणबाट बचाउउने उद्देश्यले यी सामाग्रीहरु वितरण गरिएको लुम्बिनी विकास बैंक लिमिटेड गरुडा शाखाका प्रबन्धक मण्डलले बताए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !