रासस
भारत, जेठ ८ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व प्रधानमन्त्री राजिव गान्धीलाई श्रद्धाञ्जलि दिए। आज राजिव गान्धीको स्मृति दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धीलाई आफ्नो ट्वीटर अकाउन्टमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनले ट्वीटरमा लेख्नुभएको छ- आज स्वर्गीय राजिव गान्धीको स्मृति दिवसका अवसरमा म भारतका पूर्वप्रधानमन्त्री राजिव गान्धीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।
चालीस वर्षमा प्रधानमन्त्री बन्नुभएका राजिव गान्धी भारतका सबैभन्दा कम उमेरका प्रधानमन्त्री हुनुहुन्छ ।
उहाँकी आमा तथा भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको सन् १९८४ मा भएको हत्यापछि राजिव गान्धी भारतको प्रधानमन्त्री हुनुभएको हो ।प्रधानमन्त्री राजिव गान्धीको पनि हत्या भएको थियो ।
सन् १९९१ मे २१ मा भारतमा आमनिर्वाचनको अभियानका क्रममा भारतको तमिलनाडु राज्यमा लिबरेसन टाइगर्स् अफ तमिल इलम (एलटिटिइ) ले आत्मघाती बम हमला गरी उहाँको हत्या गरेका थिए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !