Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

राखेप सदस्य सचिवको छिनोफानो मन्त्रिपरिषद्ले गर्ने


राखेप सदस्य सचिवको छिनोफानो मन्त्रिपरिषद्ले गर्ने

रासस
काठमाण्डौं, जेठ ८ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवको छिनोफानो अब मन्त्रिपरिषद्ले गर्ने व्यवस्था गरिएको छ । ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ लाई बुधबार राष्ट्रियसभाले पारित गरेपछि सदस्य सचिव नियुक्तिको नयाँ प्रावधान आएको हो । यसअघि सदस्य सचिवको नियुक्ति सोझै युवा तथा खेलकूदमन्त्रीको सिफारिसमा गरिँदै आएको थियो ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको विधेयक प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो ।

विधेयक राष्ट्रियसभामा सर्वसम्मत पारित भएको छ । यसअघि गत वर्ष साउनमा राष्ट्रियसभाबाट पारित सो विधेयक फागुन तेस्रो साता प्रतिनिधिसभाको बैठकले पारित गरेको थियो ।

राष्ट्रियसभाबाट पारित विधेयकानुसार अब राखेपको सदस्य सचिव हुनका लागि ३० वर्ष उमेर पुगेको हुनुपर्ने छ । यस्तै उक्त व्यक्तिले खेलकूदका क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको तथा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने पारित विधेयकमा व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित उक्त खेलकूद विधेयक अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रूपमा लागू हुनेछ ।

विधेयकमा राखेप सदस्य सचिव सिफारिसका लागि तीन सदस्यीय समितिको व्यवस्था गरिएको छ । समितिका संयोजकमा युवा तथा खेलकूद मन्त्रालयका सचिव तथा सदस्यमा एक खेलकूदविज्ञ र एक महिला रहने छन् ।

उक्त समितिले एक महिलासहित तीन उपयुक्त व्यक्तिको नाम युवा मन्त्रालयमा सिफारिस गर्नेछ । मन्त्रालयले समितिले सिफारिस गरेका मध्येबाट एक जनाको नाम सदस्य सचिवका लागि मन्त्रिपरिषद्समक्ष पेश गर्नेछ ।

मन्त्रिपरिषद्ले उचित ठानेको व्यक्तिलाई राखेप सदस्य सचिवमा नियुक्त गर्ने विधेयकमा व्यवस्था गरिएको छ । सदस्य सचिवको पदावधि चार वर्षको हुनेछ । निजलाई अर्को एक पटकका लागि पुनः नियुक्त गर्न सकिने प्रावधान छ ।

राखेप बोर्डमा पहिलोपटक नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि अनिवार्य रहने व्यवस्था गरिएको छ ।

राखेप सञ्चालनका लागि सात सदस्यीय कार्यकारी समितिको व्यवस्था गरिएको छ । समितिका संयोजकमा सदस्य सचिव तथा सदस्यमा खेलकूद महाशाखा प्रमुख, परिषद्का सदस्यमध्येबाट अध्यक्षले मनोनय गरेको एक महिलासहित दुई, परिषद्ले मनोनयर गरेको एक महिलासहित दुई तथा परिषद्को प्रशासन महाशाखा प्रमुख सचिव रहने विधेयकमा उल्लेख छ ।

यस्तै ओलम्पिक, एशियाली खेलकूद र दक्षिण एशियाली औपचारिक खेलकूद प्रतियोगिता वा अन्तरराष्ट्रय खेल सङ्घ तथा महासङ्घद्वारा आयोजित विश्वस्तरीय खेलकूद प्रतियोगितामा सहभागी भएका नेपाली खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडीको मान्यता दिइने विधेयकमा उल्लेख छ ।

राष्ट्रियस्तरका खेलाडी भन्नाले राखेपद्वारा आयोजित राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी भएका नेपाली खेलाडीलाई जनाइनेछ । विधेयकमा भलिबललाई राष्ट्रिय खेलका रूपमा कायम गरिएको छ ।

Tags: राखेप सदस्य

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

स्पेनमा नेपालले खेल्ने भनिएको त्रिकोणात्मक शृंखला स्थगित

स्पेनमा नेपालले खेल्ने भनिएको त्रिकोणात्मक शृंखला स्थगित

2 years ago
एशियाली फुटबल सङ्घद्वारा खेल स्थगित

इराकविरुद्ध जारी फुटबल खेलमा नेपाल ४-२ ले पछि पर्यो

2 years ago
आइपिएलको अक्सनको लागि ८ नेपाली सहित १ हजार ९७ खेलाडीको नाम दर्ता

भारतीय क्रिकेट आइपिएल २०२१ का बाँकी खेल युएईमा

2 years ago
‘आईसिसी प्लेयर अफ दी मन्थ’को नोमिनेसनमा नेपालका कुशल भु्र्तेल, यसरी गर्न सकिन्छ उनलाई भोट

‘आईसिसी प्लेयर अफ दी मन्थ’को नोमिनेसनमा नेपालका कुशल भु्र्तेल, यसरी गर्न सकिन्छ उनलाई भोट

2 years ago
आइपिएलको अक्सनको लागि ८ नेपाली सहित १ हजार ९७ खेलाडीको नाम दर्ता

इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अनिश्चितकालका लागि स्थगित 

2 years ago
भारत–अस्ट्रेलिया टेस्टः स्मिथले बनाए २७औं शतक, अस्ट्रेलिया ३३८ रनमै समेटियो

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

2 years ago
क्यानले माग्यो मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षक

त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

2 years ago
नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित

नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित

2 years ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.