द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ ७ ।
गत बैशाख ३० गते जनकपुरमा संक्रमित पाइएका एक जना पुस्तक व्यवसायीको सम्पर्कमा रहेको भनिएका लक्ष्मी बैंकका दुईजना कर्मचारीसहित अन्य ११ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
बैंकका कर्मचारीहरु मध्ये एकजना पुस्तक व्यवसायीका आफन्त छन् भने अर्का एक जना उनकै फ्लाइटमा बस्दै आईरहेका थिए ।
जनकपुरधामस्थित लक्ष्मी बैंकको शाखामा कार्यरत एकजना २५ वर्षिय र अर्का ३० बर्षिय पुरुष कर्मचारी लगायत उनीहरुसँगै त्यहि फ्लाइटमा बसिरहेका अन्य ११ जनाको संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा स्वाब संकलन गरि परिक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।
उनीहरु सबैजनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गरिएको र आज रिपोर्ट नेगेटिभ आएको आएको छ ।यसअघि मंगलबार मात्रै संक्रमित ३५ बर्षिय पुस्तक व्यवसायीका पत्नी र दुईजना बच्चाको रिपोर्ट समेत नेगेटिभ आईसकेको छ । जनकपुरधाम ४ स्थित पिडरियामाई थान एरियाको एक फ्लाइटमा संक्रमितको परिवारका ४ जनासँगै अन्य १३ जना बस्दै आईरहेका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !