द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ ७ ।
आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या ४ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिंगको क्रममा जानकारी दिएका छन् ।
आज पुष्टि भएका संक्रमितमा ३ वर्षीय बालक देखि ४८ वर्षीय सम्मका उमेरका व्यक्ति रहेका छन् । आज संक्रमण पुष्टि भएकोमा ७ जना महिला र १८ जना पुरुष रहेका छन् । आज बाँकेमा ६ जना, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ जना, नवलपरासी पश्चिममा एकजनामा कोरोना संक्रमण पुष्टि भएको डा. देवकोटाले जानकारी दिएका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !