
द सौर्यमिथिला समाचारदाता
जनकपुरधाम, जेठ ५ । नेपालमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार मात्र ८० जना नयाँ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितमा बाँकेका १२ जना, धनुषाका २ जना, खोटाङ, सुनसरी, झापा र दैलेखका एक-एक जना छन् ।
योसँगै संक्रमितको संख्या ३ सय ७५ पुगेको छ। यस भन्दा पहिला आज मात्र ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो विषयमा टिप्पणी गर्नुहोस् !