द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम जेठ ४ ।
सर्लाही र धनुषाबाट चारजना पेस्तोल सहित पक्राउ परेका छन् । प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीको टोलीले धनुषा र सर्लाहीबाट दुई -दुई जनालाई पेस्तोल सहित नियन्त्रणमा लिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिएका छन् ।
धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ३ झण्डा चौकबाट दुई जना युवालाई एउटा पेस्तोल र त्यसमा लाग्ने ३ राउट गोली सहित प्रदेश प्रहरीबाट खटेको शादा पोशाकका प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कमला नगरपालिका वडा नं. ८ हरिनेका १८ वर्षीय अक्षय पासवान र २० वर्षीय सुनिल कुमार साहलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिएका छन् ।
त्यस्तै प्रेस लेखिएको भारतीय मोटरसाईकलमा सवार दुई जनालाई हतियार सहित सर्लाहीबाट पक्राउ गरिएको छ । प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटेको टोलीले दुई जना युवालाई पेस्तोल र त्यसमा लाग्ने गोली सहित नियन्त्रणमा लिएको हो ।
सर्लाहीको विष्णु गाउँपालिका वडा नं. ३ का २५ वर्षीय मदन साह कानुलाई ३५० (थ्रि फिप्टी) सानो पोस्तोल र त्यसमा लाग्ने गोली एक राउण्ड र भारतको सितामढी जिल्ला ग्राम मरहाडिह वार्ड नं. १ का १९ वर्षीय अनिष साह मुस्लिमलाई १ थान पेस्तोल, त्यसको म्यागजिन एक थान र ५ राउण्ड गोली सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सापकोटाले जनाएका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !