द सौर्य्मिथिला समाचारदाता
काठमाडौं, जेठ ४ ।
नेपालमा कोरोनाभाइरसबाट दुई जनाको मृत्यु भएको हो । आइतवार बाँकेका २५ वर्षीय युवकको कोरोना भाइरसकै संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका छन् ।यसअघि बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको पनि कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि भएको थियो ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना संक्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्य्विधिका आधार मृतकको शव व्यवस्थापन गर्न निर्देशन दिएको जानकारी दिए।
उक्त कार्य्विधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीसहित मिलेर शवको अन्त्येष्टि गर्ने मन्त्री बरालले बताए ।आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए । उनी वैशाख ३० गते नेपाल आएका थिए । भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो ।
यो विषयमा टिप्पणी गर्नुहोस् !