
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको विज्ञप्तिमा नयाँ भेटिएको सबै संक्रमित रौतहट जिल्लाका रहेका छन् ।
संक्रमितहरु रौतहट जिल्लाको राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।
यस सँगै नेपालमा कोरोना संक्रमित को संख्या २९१ पुगेको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !