
द सौर्यमिथिला समाचारदाता
जनकपुरधाम, जेठ ३ । धुलिखेल अस्पतालमा सुत्केरी महिलाको निधन कोरोना भाइरसको कारण भएको पुस्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मंत्रलायले आज राति जारी गरेको सूचनामा सिंधुपाल्चोककी २९ वर्षीया महिला सुत्केरी हुनका लागि गत वैशाख २३ गते त्रि वि शिक्षण अस्पताल भर्ना भएकी थिईन् ।

वैशाख२४गते उनी सुत्केरी भएपछि २५ गते बच्चा सहित अस्पतालबाट डिस्चार्ज भई पुनः सिन्धुपाल्चोक नै फर्केकी थिइन् । पछि उनलाई ज्वरो र स्वास प्रस्वास समस्या भएपछि उनलाई तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ पनि उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको हो । मृतक महिलाको स्वाब परीक्षण गर्दा उनको मृत्यु कोभीड़ १९ बाट भएको पुष्टि भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ । यस सँगै नेपालमा कोरोना भाइरसको संक्रमण बाट पहिलो चोटी कुनै व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ।
यो विषयमा टिप्पणी गर्नुहोस् !