
विरगञ्ज, जेठ ३ । मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस महामरी बाट प्रभावित विरगञ्जको आज अनुमगन गरेक छन् । विरगंजमा कोरोना महामारीले उग्ररुप लिन थालेको बेलामा विरगंज पुगनु भएका मुख्यमन्त्री राउतले पर्साको समग्र अवस्था र सरकारले गर्नु पर्ने कामबारे सरोकारबलाहरु संग सल्लाह लिएका छन् । साथै उनले कोरोना संक्रमितको उपचारका लागि कुनै कसर बाँकी नराख्न सरोकारवालाहरुलाई निर्देशन समेत दिए ।
उहाँले आइसोलेसन तथा क्वाइरेन्टाइनमा देखिएका समस्याहरु, अगामी दिनमा थपिन सक्ने संक्रमितको उपचारको तैयारी, विदेशमा रहेका नागरिकहरुलाई फिर्ता ल्याउनु पर्ने अवस्थाको लागि गर्नु पर्ने तयारीहरुबारे छलफल समेत गरेका थिए । सरकारले हालै सवै जिल्लामा क्वारेन्टाइन स्थापना गर्ने बारे गरेको निर्णय कार्यान्वयनको लागि सम्भावित स्थलको पहिचान तथा स्थानीय राजनीतिक दल एवं सरोकारबलाहरु संगको समन्वय र सहकार्य लाई निरन्तरता दिन समेत निर्देशन दिए ।
छलफलमा विरगञ्ज महानगरका नगरप्रमुख विजय सरावगी, समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्की, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्याय, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गगां पन्त, नेपाल पत्रकार महासंघ प्रदेश २ का सभापति दीपेन्द्र चौहान लगाएतको सहभागीता रहेको थियो ।
उक्त अवसरमा मुख्यमन्त्री राउतले पर्साको पोखरिया अस्पताललाई एम्बुलेन्स खरिदको लागि ३१ लाख २५ हजारको चेक समेत हस्तान्तरण गरेका थिए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !