द सौर्य्मिथिला समाचारदाता
जनकपुरधाम, जेठ ३ ।
नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । महोत्तरी जिल्लाको ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाको २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
दुई जना कोरोना संक्रमित बढेसँगै संक्रमितको संख्या २७६ पुगेको हो । प्रदेश २ मा संक्रमितको संख्या १०९ पुगेको हो ।
यो विषयमा टिप्पणी गर्नुहोस् !