द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ ३ ।
सिरहामा फेला परेका संक्रमित वैदेशिक रोजगारबाट घर फर्केका छन् । सिरहामा पहिलो संक्रमितको रुपमा फेला परेका सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. १ मौवाहीका ३० वर्षीय पुरुष गत फागुन २८ गते मलेसियाबाट घर फर्केको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईले जानकारी दिएका छन् ।
मलेसियाबाट आएका पुरुषलाई क्वारेन्टाइनमा १४ दिन राखेर घर फर्काइएको थियो । तर पाँचदिन अघि उनको स्वाब सकलन गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमित पुरुषको सम्पर्कमा आएकाहरुको खोजी गर्नेकाम सुरु भएको प्रमुख जिल्ला अधिकारी गुरागाईले जानकारी दिए ।आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिरहाको सखुवा–१९ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको भनेको थियो ।
सिरहामा कोरोना संक्रमित फेला परेको पहिलो व्यक्ति हुन । यो संगै प्रदेश २ को आठ वटै जिल्लामा कोरोना संक्रमित फेला परेको हो । यस प्रदेशमा अहिले सम्म तीनजना पत्रकार सहित एक सय भन्दा बढी संक्रमित फेला परेको हो ।
यो विषयमा टिप्पणी गर्नुहोस् !