द सौर्य मिथिला साचारदाता
जनकपुरधाम, जेठ ३ ।

सीमा नाका सील भएपछि नाकामा फसेका नेपालीलाई जिल्ला प्रशासन धनुषाले उद्दार गरी ल्याउने निर्णाय गरेको छ । जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट नेपाल भारतको नाकामा अलपत्र परेका नेपालीलाई ल्याउने निर्णय गरिएको हो ।
धनुषाको विभिन्न स्थानीय तहका नागरिकहरु सीमामा अलपत्र परेपछि आफुहरुले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । उनका अनुसार धनुषाको एकै नाकाबाट नागरिकहरुलाई ल्याईने छ ।
उनले भने ‘ नेपाल तथा भारतको सीमा नाकामाक सयौँ नागरिकहरु ऋलपत्र अवस्थामा रहेका छन्, उनीहरुलाई धनुषाको जटही नाकाबाट ल्याउने निर्णय गरेका छौँ । ’यसका लागि आजदेखि हामीले गृहकार्य थालि सकेका छौँ,
सीमामा भारतबाट आएर बसेका नागरिकहरुलाई जटही नाकाबाट सम्बन्धित पालिकामा पठाउनेछौं र यसका लागि सवारीको व्यवस्था हामीले नै गर्नेछौं प्रजिअ निरौलाले भने जटहीमा क्वारेन्टाइन निर्माणको कार्य आजैदेखि सुचारु हुने प्रजिअ निरौलाले बताए ।
सम्बन्धित पालिकाहरुले आ–आफ्ना नागरिकहरुको तथ्याङ्क संकलन गरी बुझाएपछि ल्याउने कार्य सुरु हुने उनले जानकारी दिए ।जटही नाकामै कोरोनाको हेल्प डेस्क राखेर समान्य व्यक्तिलाई गाडीमा राखेर सम्बन्धित नगरपालिका, गाउँपालिकामा पठाउने तथा संक्रमित भएको पाइएमा स्बाब संकलनको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाईनेछ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !