द सौर्यमिथिला समाचारदाता
जनकपुरधाम, जेठ ३ ।

नेपालमा थप तीन जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान साढे ११ बजे जारी गरेको सूचना अनुसार कपिलवस्तुमा तीन जना कोरोना भाईरसका संक्रमितहरु भेटिएका हुन् । संक्रमितहरु सबै पुरुष नै रहेका छन् ।
उनीहरु कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रोटा निवासी रहेका छन् । यससंगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २७६ पुगेको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !