रासस
काठमाण्डौ., जेठ २ ।
राष्ट्रपति विद्यादेवी भण्डारी आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रमको सम्बोधनका लागि आउनुहुँदा नयाँ बानेश्वरस्थित सङ्घीय संसद्मा स्वागत गरिएको छ ।
राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेलगायतले स्वागत गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीमा सम्मानमा सलामी दिइएको थियो ।
बैठकमा सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्ति यसअघि उपस्थित भइसक्नुभएको छ । राष्ट्रपतिको स्वागतका लागि संसद् सचिवालयले नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पानीको फोहरा, ध्वजापताका र राष्ट्रिय झण्डा फहराउनाका साथै सुरक्षा प्रबन्ध गरेको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !