Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

घरमै भत्ता पाएपछि गौरीवासका वृद्धवृद्धा दङ्ग


घरमै भत्ता पाएपछि गौरीवासका वृद्धवृद्धा दङ्ग

रासस
महोत्तरी, जेठ २ ।


कोभिड-१९ सन्त्रास छल्न जारी लकडाउनमा बेखर्ची भएका महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीवासका वृद्धवृद्धा अहिले घरमै सामाजिक सुरक्षाभत्ता पाएर दङ्ग छन् । रकमको अभावमा आफ्ना रहर र आवश्यकता पूरा गर्न नपाएका यहाँका वृद्धवृद्धामा वडा समितिको कार्यालयले घरघरै पुगेर भत्ता दिन थालेपछि खुशी छाएको हो ।

“छोराछोरी लकडाउनले बाँधिएर रहे, कतै कमाउने ल्याउने कुरो रहेन”, लकडाउनको परिवेश सम्झँदै बर्दिवास–३ गौरीडाँडाकी ६५ वर्षीया अणदेवी शाहीले भन्छन्, “यसै बेखर्ची भएर टोलाइरहेका बेला वडाध्यक्ष र सचिवले घरमै चार महिनाको एकल महिला भत्ता ल्याइदिए, अब अलीबारलाई सानातिना खर्च टार्नसक्ने भइयो ।”

एकल महिला शाहीले गत मङ्सिरदेखि फागुनसम्म चार महिनाको मासिक रु दुई हजारका दरले अहिले रु आठ हजार पाउनुभएको छ ।

वडासमितिले चालू आर्थिक वर्ष २०७६र७७ को दोस्रो चौमासिकअन्तर्गत चार महिनाको सामाजिक सुरक्षा रकम घरघरै पुगेर वितरण गरिएको जनाएको छ । “जारी लकडाउनले अन्य धेरैजसो निर्माण काम अघि बढ्न सकेनन्”,

बर्दिवास–३ का वडाध्यक्ष राजन ढुङ्गानाले भन्छन्, “यस्तो बेला वृद्धवृद्धा, एकल महिला, ज्येष्ठ दलित र अपाङ्गता भएकालाई घरमै रकम पु¥याइदिनसके राहत हुने ठानेर बाँड्न शुरु ग¥यौँ ।”

गौरीवासको लम्बाइमात्र २० किलोमिटर र बस्तीहरु १० भन्दा बढी छन् । सबै बस्तीका सामाजिक सुरक्षाभत्ता पाउनेका घरघरै पुगेर वितरण गर्दा एक साता लाग्ने वडासचिव सन्तोष बराल बताए ।

चुरे काछको पर्साहीधापदेखि बर्दिवासचोकसँग साँध जोडिएको बर्दिवास–३ मा सामाजिक सुरक्षाभत्ता पाउने एक हजार ३९ जना रहनुभएको वडा कार्यालयले जनाएको छ ।

चैतमा बाँडिनुपर्ने रकम यसपालि चैत दोस्रो सातामै लकडाउन शुरु भएपछि वृद्धवृद्धा अब रकम कहिले पाइने भन्ने चिन्तामा थिए तर वडा समितिको कार्यालयले वैशाख निगल्दो घरघरै रकम पु¥याइदिन थालेपछि वृद्धवृद्धाको चिन्ता हटेको छ ।

“ए हजुर बेलाको कुरो हुँदोरहेछ” मासिक भत्ता रु तीन हजार पाउने ८० वर्षीय ज्येष्ठ नागरिक गौरीडाँडाका इखबहादुर दर्नालले भन्छन्, “अहिले अप्ठ्यारो बेलामा घरमै रकम पाएपछि के–के न पाएजस्तो भयो नि !” अहिले भत्तावापत रु १२ हजार पाउनुभएका दर्नालले लकडाउनमा खान बिस्कुट र दूधको जोहो भएको बताए ।

भत्ता हात परेपछि यहाँका वृद्धवृद्धाले खिर खाने, मासु खाने र नयाँ लुगा जोड्ने रहर पनि लकडाउनभित्रै पूरा गरेका छन् । “मैले त नयाँ लुगा पनि मगाएँ, दूध किनेर खिर पनि परिवारसाथ खाइयो”, गौरीवास कालापानीकी ७५ वर्षीया ज्येष्ठ नागरिक महाकाली विश्वकर्माले भन्छन्,

“अब आफ्नै बस्तीमा खसी काटेका दिन मासु खाइन्छ ।” गौरीवास पाटुका ७८ वर्षीय बिन्दबहादुर विकले पनि अहिले पाएको भत्ता रकमले मिठाइ खान मन भएको बताए ।

आफ्नै नाउँको रकम ल्याइदिएको भए पनि खाँचोको बेलामा पाउँदा वृद्धवृद्धाको अनुहारमा अहिले खुशी देखिएको हो । वडाभरिका भत्ता पाउने एक हजार ३९ मध्ये २५० जनालाई रकम घरमै पु¥याइसकिएको वडासचिव बराल बताए । जेठ पहिलो साताभित्र सबैलाई घरघरै भत्ता पु¥याइने वडा समिति कार्यालयको तालिका छ ।

बर्दिवास–३ मा थालिएको यो कामबारे छिमेकका धनुषा जिल्लाको मिथिला नगरपालिका, सिन्धुली जिल्लाको कमलामाई नगरपालिका र आफ्नै नगरका अन्य वडा बस्तीमा सकारात्मक चासो बढेको छ ।

लकडाउनका बेला सुरक्षाका उपाय अपनाएर वृद्धवृद्धालाई उनीहरुले पाउने रकम घरघरै पु¥याइने प्रबन्ध सबै वडाले गरिदिन पर्ने नेपाली काँग्रेस बर्दिवास नगर समितिका सभापति बाणिकराज काफ्ले बताए ।

Tags: घरमै भत्ता पाए

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

12 months ago
दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

12 months ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

1 year ago
मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

1 year ago
जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

1 year ago
जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.