द सौर्य्मिथिला समाचारदाता
जनकपुरधाम, जेठ २ ।

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान ९ जना संक्रमित बढेसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।मन्त्रालयका अनुसार नयाँ संक्रमित पुष्टि हुनेहरु मकवानपुरका ३७ वर्षीय पुरुष, बाँके नैनापुर १, ३ र ५ का १८, २०, २२, २५, २५, २७, ३२ तथा ३६ वर्षीय पुरुष रहेका छन ।
उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !