
द सौर्यमिथिला समाचारदाता
जनकपुरधाम, जेठ १ । नेपालमा थप ३ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । यस संगै नेपालमा संक्रमितको संख्या २४९ पुगेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । काठमाडौ दहचोक निवासी ७ वर्षीय पुरुष, धनुषाको जनकपुरमा १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिलामा संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले पुष्टि गरेका छन् । संक्रमितहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको र तिनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !