द सोर्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ १ ।

सिरहाबाट लकडाउनको समयमा लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नं. १० पदमपुरका ६५ वर्षीय लक्ष्मी पासवान र वडा नं. १२ सारस्वरका ४० वर्षीय मोहम्द अलाउदिन मिया रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।
दुवै जनालाई ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटेको गस्ती टोलीले गोलबजार नगरपालिका वडा नं. ११ बल्कवा स्थित दुवैजनालाई ३ सय ५० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।
पासवानले बोकेको झोला चेकजाँच गर्दा ३ सय ग्राम र अलाउदिनको गोजीबाट ५० ग्राम गाँजा बरामद भएको सिरहा प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय गोलबजार सिरहामा ल्याई थप अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको हो ।
यो विषयमा टिप्पणी गर्नुहोस् !