द सौर्य्मिथिला समाचारदाता
जनकपुरधा, जेठ १ ।

नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २४५ नै रहेको स्वास्थ्य मन्त्रलायले स्पष्ट पारेको छ । आज विहान मन्त्रालयले दुई विज्ञप्ती निकालेर संक्रमितको संख्या २ सय ५० पगेको जनाएको थियो । मन्त्रालयले आज विहान पहिलो विज्ञप्तीमा २ जना र दोस्रोमा ५ जना नयाँ संक्रमित बढेको जनाएको थियो ।
तर बिहान दोस्रो पटक जारी भएको पाँचजना नयाँ संक्रमित भन्ने जानकारी सही नरहेको मन्त्रालयले स्वीकार गरेको छ । प्राविधि त्रुटिका कारण पुरानो विज्ञप्ति नै पुनः नयाँ मितीमा जारी भएको भन्दै मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले माफी मागेका छन् । अहिलेसम्म बिहीबार थपिएका संक्रमित दुईजना मात्रै रहेको उल्लेख छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !