
द सौर्यमिथिला समाचारदाता
जनकपुरधाम, जेठ १ । आज विहानै नेपालमा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । ७ जना नयाँ संक्रमित बढेसँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ५० पुगेको छ । नयाँ संक्रमितमा सर्लाही जिल्लाको धनकौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिकाका २० वर्षीय महिला, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका १६ वर्षीय र बलवा नगरपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
त्यस्तै आज नै काठमाडौँ, चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीय बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र तिनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यो विषयमा टिप्पणी गर्नुहोस् !