Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

कोरोनाको उच्च जोखिममा प्रदेश नं. २, सीमावर्ती क्षेत्रका नागरिकलाई सजग हुन आग्रह


कोरोना संक्रमितको दैनिक संख्यामा वृद्धि


रासस
जनकपुरधाम, बैशाख ३१ ।

प्रदेश नं २ कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा देखिएको छ । भारतबाट लुकीछिपी प्रवेश गर्ने र कतिपय क्वारेन्टाइनमा नबसी आफ्नो घरमा बस्ने गरेकाले यो प्रदेश उच्च जोखिममा देखिएको हो । भारतमा अहिले पनि लकडाउन जारी छ । तर, मजदुरलाई गन्तव्यमा पु¥याउनका लागि रेलसेवा सञ्चालनमा ल्याएको छ ।

कोरोनाबाट अतिसङ्क्रमित दिल्ली, मुम्बईलगायत ठूला शहरबाट रेलसेवा शुरु भएपछि त्यहाँ बसेका नेपाली कामदार र विद्यार्थी पनि फर्कने छन् । उनीहरुसँग कोरोना सङ्क्रमित व्यक्ति पनि भित्रिने सम्भावना प्रवल रहेकाले प्रदेश नं २ कोरोनाको थप जोखिममा देखिएको हो ।

यस प्रदेशमा मङ्गलबारसम्म ९५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ । सबैभन्दा बढी पर्सामा ७९ जना कोरोना सङ्क्रमित छन् । रौतहट र बारामा तीन-तीनजना, धनुषा, सर्लाही र महोत्तरीमा दुई-दुई तथा सप्तरीमा एकजना कोरोना सङ्क्रमित फेला परेका छन् ।

भारतबाट ठूलो सङ्ख्यामा मानिस अनिधिकृतरुपमा भित्रिएको खण्डमा सोको पहिचान गरी क्वारेन्टाइन गर्ने कार्य चुनौतीपूर्ण हुने भएकाले यसतर्फ सीमावर्ती जिल्लाका बासिन्दा थप सजग हुनुपर्ने देखिएको छ । यस प्रदेशको आठवटै जिल्लाको सिमाना भारतसँग जोडिएको छ ।

भारतबाट प्रवेश गर्ने १०९ वटा प्रवेशमार्गबाट आवतजावत पूर्णरुपले बन्द गरिएको छ । सिमानामा सशस्त्र प्रहरीलगायतका सुरक्षाबल अहोरात्र खटिरहेका छन् । तर, पनि खुल्ला सिमानाको गलत फाइदा उठाइ कतिपय व्यक्ति भित्रिने गरिएका कारण यस प्रदेशका बासिन्दा चिन्तित बनेका छन् ।

सिमानाको नजिकमा रहेका नेपाली बस्तीका बासिन्दाले सक्रिय भएर अपरिचित व्यक्तिको आवतजावतमा पूर्णरुपमा रोक्न अग्रसर हुनुपर्ने देखिएको छ । खासगरी रातिको समयमा सजग हुनुपर्ने आवश्यकता रहेको र सिमानामा खटिएका सुरक्षाकर्मीसँग मिलेर पहरेदारी गर्नुपर्नेमा यस प्रदेशका बासिन्दाले जोड दिएका छन् ।

यस सम्बन्धमा सप्तरीको सीमावर्ती तिलाठी-कोइलाडी गाउँपालिका–३ का वडाध्यक्ष मनोजकुमार चौधरीले सिमानामा कडा सुरक्षा व्यवस्था छ । मानिसको आवतजावत पूर्णरुपले बन्द रहेको छ । तर, भारतमा रेलसेवा सञ्चालनमा आएपछि भित्रिने सम्भावनातर्फ हामीहरु सचेत छौँ भन्छन् । आवश्यक परे समूह गठन गरेर पहरेदारी गर्ने उनले बताए ।

जनकपुरधामका राम युवा कमिटीका पूर्वअध्यक्ष प्रमोदकुमार चौधरीले कोरोना महामारी बच्न र आफ्नो रक्षाका लागि स्थानीयवासीलाई एक्यबद्ध हुनुपर्ने र ग्रामीण क्षेत्रमा समूह बनाएर परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

अनिधिकृतरुपमा प्रवेश गर्नेहरु नदीनालाको कछार भएर र अनकन्टार ठाउँबाट खासगरी रात्रिको समयलाई बढी उपयोग गर्ने गरेकाले सो क्षेत्रमा बढी सतर्कताका साथै प्रकाशको व्यवस्था गरेर जसरी पनि आवागमनलाई रोक्नुपर्नेमा उनले जोड दिए ।

भारतको क्वारेन्टाइनको अवधि पूरा गरी प्रवेश गर्ने र लुकीछिपी भित्रिने गरेका प्रत्येक व्यक्तिलाई क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ । यस कार्यका लागि प्रदेश सरकारले सीमावर्ती क्षेत्रमा स्थापना भएका क्वारेन्टाइनको स्तरमा सुधारका साथै श्ययाको सङ्ख्यामा वृद्धि गर्नका लागि सम्बन्धित पालिकालाई आग्रह गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताए ।

यस प्रदेशमा अहिलेसम्म १७९ वटा क्वारेन्टाइन सञ्चालित छन् । सप्तरीमा ३५ वटा क्वारेन्टाइनमा ६९२ श्यया, सिरहाको २० वटा क्वारेन्टाइनमा ४०७ श्यया, धनुषाको १७ क्वारेन्टाइनमा ३६२ श्यया, महोत्तरीको १९ क्वारेन्टाइनमा ३८५ श्यया, सर्लाहीको ३७ क्वारेन्टाइनमा ६८८ श्यया, बाराको १७ क्वारेन्टाइनमा ५८९ श्यया, रौतहटको १६ क्वारेन्टाइनमा ७०५ श्यया र पर्साको १८ क्वारेन्टाइनमा ५६५ श्यया गरी चार हजार १५८ श्ययाको रहेका छन् ।

यसका साथै आठवटै जिल्लामा गरी ३०२ आइसोलेशन श्यया रहेका छन् ।भारतबाट भित्रिनेको सङ्ख्यामा अत्यधिक वृद्धि भएको खण्डमा थप क्वारेन्टाइन बनाउनुपर्ने देखिएको छ । अहिले स्थापित क्वारेन्टाइनमा एक हजार ४६८ जना र आइसोलेशनमा ४० जना बसेका छन् ।

Tags: सजग हुन आग्रह

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

12 months ago
जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

1 year ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

1 year ago
गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

1 year ago
गठबन्धन बिरुद्ध बोल्नेका लागि पनि पार्टीमा स्थान छैन ः प्रम देउवा

गठबन्धन बिरुद्ध बोल्नेका लागि पनि पार्टीमा स्थान छैन ः प्रम देउवा

1 year ago
लिखित सम्झौतापछि स्वतन्त्र उम्मेदवार साहले स्थगन गरे धर्ना

लिखित सम्झौतापछि स्वतन्त्र उम्मेदवार साहले स्थगन गरे धर्ना

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.