एजेन्सी, वैशाख ३१ ।

सिरियाली राष्ट्रपति बसर अल असदले आन्तरिक व्यापार तथा उपभोक्ता संरक्षण मन्त्रीलाई पदबाट सोमबार बर्खास्त गरेको सिरियाली समाचार संस्था सानाले जनाएको छ।
राष्ट्रपतिले आन्तरिक व्यापारमन्त्री अतेफ नादाफ मन्त्रीलाई पदबाट बर्खास्त गर्दै उनको स्थानमा तलाल बाराजीलाई उक्त पदमा मनोनयन गरेका छन्।
समाचारमा राष्ट्रपतिले किन मन्त्री नादाफलाई बर्खास्त गरे भन्नेबारे केही खुलाइएको छैन तर विश्लेषकहरूले उक्त निर्णय सिरियामा देखिएको खराब आर्थिक अवस्थाको पृष्ठभूमिमा गरेको बताइएको छ।
सिरियामा पछिल्लो समय खाद्यान्न लगायतका अति आवश्यकीय सामानहरूमा समेत अत्याधिक मूल्यवृद्धि भएको र नादाफले यसलाई नियन्त्रणमा राख्न नसकेको बताइदैं आइएको थियो।
बाराजीले सन् २०१३ देखि सिरियाली विद्रोही समूहको प्रभाव क्षेत्र मानिने होम्स राज्यको गभर्नरका रूपमा काम गर्दै आएका थिए। सिरियामा उनका कैयौँ व्यवसायिक आयोजनाहरू सञ्चालनमा छन्।
यो विषयमा टिप्पणी गर्नुहोस् !