
द सौर्यमिथिला समाचारदाता
जनकपुरधाम, बैशाख ३१ । नेपालमा थप २६ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । यस संगै नेपालमा संक्रमितको संख्या २१७ पुगेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । पर्सामा १८ जना, महोत्तरीमा २ जना, धनुषामा २ जना, सर्लाहीमा १ जना, भक्तपुरमा २ जना र काठमाडौमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले पुष्टि गरेका छन् । यस भन्दा पहिले आज मात्र ५७ जनामा नयाँ संक्रमण पुष्टि भएको थियो । प्रदेश २ मा संक्रमितको संख्या ९५ पुगेको छ ।

यो विषयमा टिप्पणी गर्नुहोस् !