
द सौर्यमिथिला समाचारदाता
काठमाडौं, वैशाख ३० । नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै गृह मन्त्रालय थप कडाई गरेको हो । गृहमन्त्रालयले अब एक जिल्लाबाट अर्को जिल्लामा जान कडाई गरेको छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जान जारी भएका सबै सवारी पास रद्द गर्ने निर्णय मंगलबार गरेको छ ।
यो निर्णय जेठ १ गते बिहीबारदेखि लागु हुनेछ । गृहले उपत्यकामा काम गर्ने सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरेको छ । सम्बन्धित नियामक निकायबाट पास लिएको हुनुपर्ने व्यवस्था गरिएको गृहका एक अधिकारीले जानकारी दिएका छन् ।
यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । गृह मन्त्रालयमा गृह सचिव र तीनवटा सुरक्षा निकायका प्रमुखबीच भएको बैठकपछि यस्तो निर्णय भएको हो ।
यो विषयमा टिप्पणी गर्नुहोस् !