द सौर्यमिथिला समाचारदाता
जनकपुरधाम, वैशाख ३० ।
नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । आज मात्र नेपाल भरमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार थप ५७ जनामा संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या १९१ पुगेको छ।
नयाँ संक्रमित मध्ये पर्साका ३९ जना, रुपन्देहीका ९ जना, कपिलवस्तुका ८ जना र बाराका एक जना रहेका छन् । संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !