
द सौर्यमिथिला समाचारदाता
जनकपुरधाम, वैशाख २९ । नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ सय २१ पुगेको छ । प्रदेश २ को सप्तरी जिल्लामा एक जना युवामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएसँगै संक्रमित हुनेको संख्या १ सय २१ पुगेको हो । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. ३ का १८ वर्षीय युवामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।
संक्रमित युवाको वि.पी. कोइराला स्वास्थ्य विज्ञाान प्रतिष्ठान, धरानको प्रयोगशालामा परिक्षण गर्दा उनमा कोरोनाको पुष्टि भएको र स्वास्थ्य अवस्था सामान्य रहको तथा स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेका छन् । यस भन्दा पहिले आज नै १० जनामो कोरोनाको संक्रमण पुष्टि भएको थियो । प्रदेश २ मा संक्रमितको संख्या ३२ पुगेको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !