Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

रोकिएन सीमाबाट नेपाल प्रवेश गर्नेक्रम


रोकिएन सीमाबाट नेपाल प्रवेश गर्नेक्रम


रासस
काठमाण्डौं, बैशाख २८ ।


भारतसँग सीमा जोडिएको कपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सीमाबाट नेपाल प्रवेश गर्नेक्रम रोकिएको छैन । जिल्लाको सीमा क्षेत्रबाट एक हजार तीन सयभन्दा बढी नेपाली भारतबाट स्वदेश फर्किने पर्खाइमा छन् । उनीहरु सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको आँखा छलेर विभिन्न नाकाबाट नेपाल प्रवेश गरिरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

उनले भन्छन्, ‘जिल्लामा सबै स्थानीय तह सक्रिय छन् तर सीमापारि आएर बसेका नेपाली नै मुख्य चुनौती भएको छ ।’

मर्यादपुर नाकामा २९०, भिल्मीमा २८६, कृष्णनगरमा २५९, हरदौना २०३, कोटरियामा १७०, चाकरचौडामा ११६, हथिहवामा ४७ र विजयनगरको सीमाबाट ३० नेपाली स्वदेश फर्किने पर्खाइमा रहेको स्थानीय पालिकाले जनाएका छन् । जिल्लामा दश पालिकाले तयार गरेको एक हजार ३६२ क्वारेन्टिनमा ८८१ जना रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिए ।

अहिलेसम्म १ हजार ११० को र्या्पिड डायग्नोष्टिक टेष्ट भएको छ । उच्च जोखिममा भएकाले तीन क्वारेन्टाइन सञ्चालन गरेको मायादेवी गाउँपालिकाले त्यसको सङ्ख्या वढाएर १७ पु¥याउने निर्णय गरेको उपाध्यक्ष गीता तिवारीले बताए । पालिकाको दक्षिण क्षेत्र भारत उत्तर प्रदेशको अलिगढवा पर्छ ।

साविकको पकडी, फुलिका, अभिराव, डुमरा, विजुवा, पिपरा, हरनामपुर र बलुहवा मिलेर बनेको मायादेवीमा यतिबेला सुरक्षा सतर्कता उच्च बनाएको छ ।

भारतसँग २८ किलोमिटर सीमा जोडिएको विजयनगर गाउँपालिकामा यतिबेला जंगलको बाटो भएर नेपाल प्रवेश गर्नेहरुलाई रोक्न प्रशासनलाई हम्मेहम्मे परेको छ । गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले भन्छन्, ‘जंगलबाट फर्किएका ७७ लाई त्रिनेत्र आधारभूत विद्यालयको क्वारेन्टिनमा राखेका छौंँ ।’

गाउँपालिकाले दूधधारी मावि, हरिबोध प्रावि, रामशरण प्रावि, लौटनराम दौपदी मावि र त्रिनेत्र आधारभूत विद्यालयमा बनाएको क्वारेन्टिनमा अहिलेसम्म १५७ छन् ।

जिल्लाका कृष्णनगर नाकाबाट पनि स्वदेश फर्कने क्रम नरोकिएको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताए । नगरप्रमुख शाहले भन्नुभयो, ‘हामी अत्यन्तै तनावमा छौंँ, जसोतसो गरिरहेका छौंँ र उताबाट आउनेलाई विद्यालयमा पाल टाँगेर राखेका छौंँ ।’ कृष्णनगर नाकाको बढ्नीमा चौबीसै घन्टा रेल चलिरहेकाले भारतका विभिन्न ठाउँबाट नेपाली आइरहेको शाहले बताए ।

जिल्ला सदरमुकाम कपिलवस्तु नगरपालिकामा तीन क्वारेन्टिनमा १०२ छन् । ती सबै भारतबाट लुकिछिपी आएका हुन । नगरपालिकाका प्रमुख किरन सिंहका अनुसार तौलिहवास्थित रत्नराज्य मावि, बुद्धपद्म मावि र महेन्द्र प्राविमा बनाइएको क्वारेन्टिनमा राखिएका सबै भारतबाट आएका हुन् ।

शिवराज नगरपालिकामा बाहिरबाट आएकालाई तीन क्वारेन्टिनमा राखिएको नगर उपप्रमुख शिवकुमारी चौधरीले बताउनुभयो । उहाँका अनुसार सुन्दरीडाँडा वडा नम्बर ९ को प्रकाश माविमा १०, वडा नम्बर ५ को दुर्गा मन्दिरको धर्मशालामा सात र वडा नम्बर ३ को पुरानो छाला फ्याक्ट्रीमा निर्माणाधीन सुपा देउराली रिसोर्टमा २६ छन् ।

वाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारुका अनुसार सिद्धार्थ क्याम्पसमा पाँचलाई राखिएको छ । उनले भन्छन्, ‘पहिले वडावडामा राखेका थियौंँ । अहिले सिद्धार्थ क्याम्पसमा मात्रै राख्न थालेका छौंँ’, महाराजगञ्ज नगरपालिकामा ७८ जनालाई क्वारेन्टिनमा राखिएको छ । उक्त नगरपालिकामा ११ क्वारेन्टिन बनाएर मानिस राखिएको नगर प्रमुख अब्दुल कलामले बताए ।

बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध मावि गोरुसिँगेको क्वारेन्टिनमा १७५ जना रहेको नगर प्रमुख केशवकुमार श्रेष्ठले बताए । यशोधरा गाउँपालिका अध्यक्ष गिरजेशकुमार पाण्डेले सीमाबाट भीड बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमदका अनुसार भारतमा रेल चल्न थालेपछि सीमावर्ती क्षेत्रमा समस्या बढेको छ । हिजोदेखि धेरै चाप बढेको छ । पहिले ९० थिए । भारतमा रेल चल्न थालेपछि मान्छे बढ्न थालेको उनले बताए ।

उक्त पालिकाका पुड्केश मावि वगदी, अनुराग प्रावि ठूलो नन्दनगर, मदारगढ मावि, असुरैनाको प्रावि, रामउजागिर प्रावि, दोहनीमा रहेको सञ्जय ईश्वरचन्द्र निमावि र कर्मा प्राविमा क्वारेन्टिन बनाएको छ ।

Tags: रोकिएन सीमा

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

12 months ago
दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

12 months ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

1 year ago
मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

1 year ago
जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

1 year ago
जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.