द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, बैशाख २७ ।

नेपाल भरी अनलाईन कविता प्रतियोगिता हुन लागेको छ । बिश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड-१९ लाई लक्षित गरि हाम्रो गौरव हाम्रो प्रदेश-२ नामक समुहको आहवानमा साहित्य क्षेत्रमा बिशेष रुचि राख्ने युवाहरूका लागि कविता प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको सुरुवात वैशाख २६ गते अर्थात् मई ८ तारिखबाट सुरु समेत भैसकेको छ । आ-आफ्नो ठाउँ बाटै जुन सुकै भाषामा समेत सम-सामयिक भाषामा कविता रचना गरि भिडियो आयोजकलाई पठाउनु पर्नेछ ।
सोको नतिजा जेठ १६ गते सार्वजनिक गरिने कार्यक्रम संयोजक विद्यापति ठाकुरले बताए ।आयोजकका अनुसार बिजेता प्रथम दित्तिय तृतीय लाई आकर्षक पुरस्कारको समेत ब्यवस्था गरिएको समेत बताईएको छ ।
यो अनलाइन नेपाल कविता प्रतियोगितामा, कुनै पनि नेपाली नागरिक सजिलै सहभागी हुनसक्नेछ र उल्लेखित व्हाट्सएप नम्बरमा कविताको भिडियोहरू पठाउन सक्ने संयोजक ठाकुर ले बताए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !