द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख २७ ।

लकडाउनको समय समेत लागृुऔषधको ओसार पसारमा कमी आएको छैन् । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नं. ५ एकराहीबाट सशस्त्र प्रहरीले २० केजी भन्दा बढि गाँजा नियन्त्रणमा लिएको हो ।
शुक्रवार राति करिब ११ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वाटर धनुषाबाट खटेको गस्ती टोलीले २०.७ केजी गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिएका छन् ।
धनुषाको विदेह नगरपालिका वडा न.५ एकराही स्थित एकराहीबाट सराबेतर्फ जाँदै गरेका ३ जना व्यक्तिहरु बोकी राखेको ३ वटा पोका सोही स्थानमा फालेर फरार भएपछि बरामद गरेका गाँजाको आवश्यक प्रकृया पुरा गरी जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको प्रहरी उपरीक्षक उप्रेतीले जानकारी दिए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !