Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

लकडाउनमा मुसहरलाई नयाँघर उपहार


लकडाउनमा मुसहरलाई नयाँघर उपहार


रासस
महोत्तरी, बैशाख २७ ।

जारी लकडाउनभित्रै महोत्तरीको गौशाला नगरपालिका-१२ गैरीटोल मुसहरीका १६ घरपरिवार मुसहरले नयाँ पक्की घर उपहार पाएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चालन गरेको ‘तराई मधेश समृद्धि कार्यक्रम’अन्तर्गत त्यहाँका १६ घर मुसहरले नयाँ पक्की घर उपहार पाएका हुन् ।

त्यहाँका १६ परिवार मुसहर शुक्रबार नै पराले झुप्रा बस्तीबाट पोकापन्तरा बोकेर बाजागाजा बजाउँदै नयाँ घरमा सर्दा मुसहर बस्तीमा उत्सव छाएको थियो । नयाँ घर पाएपछि उनीहरु दङ्ग छन्, प्रफुल्लित छन् ।

एउटै बस्तीभित्र एकै आकारका १६ वटा नयाँ घर छन् । भूकम्प प्रतिरोधी सबै घरमा इँटाको गारो र निलो रङको जस्तापाताका छाना लगाइएको छ ।

शौचालय, सडक, विद्युत् र खानेपानी सुविधासहितको नयाँ बस्तीमा बरण्डासहितका फराकिला तीन कोठा छन् । सुविधासम्पन्न १६ घरको एकीकृत नमूना नयाँ बस्ती अहिले परैबाट चम्किरहेको देखिन्छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको रु एक करोड र महोत्तरी-१ ‘ख’ का प्रदेशसभा सदस्य भरतप्रसाद साहको क्षेत्र विकास कोषको रु छ लाख ६६ हजारसहित जम्मा रु एक करोड छ लाख ६६ हजारको लागतमा मुसहरका लागि १६ घर तयार भएको निर्माण कार्यको रेखदेख र समन्वय गर्नुभएका गौशाला–१६ का वडाध्यक्ष कृष्णबहादुर विश्वकर्माले जानकारी दिए । एक घर निर्माणमा रु छ लाख ६६ हजार खर्च भएको विश्वकर्माको भनाइ छ ।

लकडाउनले घेरिएर बाहिर कामकाज गर्न जान नपाएर खानपिउन नै समस्या भइरहेका बेला नयाँ पक्की घर पाएपछि मुसहर परिवार दङ्ग देखिएका छन् ।

“हजुर घाम र पानी नछेल्ने पराले झुप्रामै हाम्रो जिन्दगी बित्यो”, नयाँ घरमा सरेपछि ५० वर्षीय दशैयाँ सादाले भन्छन्, “अहिले यी घर पाएपछि हामीलाई हेर्ने पनि सरकार रछ भन्ने लागेको छ ।”पुस्तौँदेखि अशिक्षा, गरिबी, भोक र शोकमै डुब्दै आएका मुसहरका लागि नयाँ पक्की घर अहिले नसोचेको उपहार बनेको छ ।

गौशाला नगर क्षेत्रका मुसहरका लागि सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरेर सुरक्षित आवास कार्यक्रम निरन्तर सञ्चालन गरिरहने नगरप्रमुख शिवनाथ महतोको भनाइ छ ।

अब एक वर्षभित्रै नगरका ४, ६ र ८ नं वडाका ७१ परिवार मुसहरलाई नयाँ पक्की घरमा सारी सकिने नगरप्रमुख महतोले बताए । प्रदेश नं २ सरकारको जनता आवास कार्यक्रमअन्तर्गत यो काम शुरु भइसकेको महतोको भनाइ छ ।

नयाँ बस्ती बसाउन १८ कठ्ठा जग्गाको व्यवस्थापनमा गौशाला–१२ का स्थानीय माधव मोक्तानले रु पाँच लाख र १२ नं वडा समितिले विभिन्न व्यक्ति र सङ्घसंस्थासँग समन्वय गरेर रु तीन लाख व्यवस्था गरेको गौशाला नगर कार्यपालिका कार्यालयले जनाएको छ ।

Tags: नयाँघर उपहार

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

12 months ago
दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

12 months ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

1 year ago
मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

1 year ago
जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

1 year ago
जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.